सी चिनफिङ र फिजीका प्रधानमन्त्री राबुकाबीच भेटघाट
अगष्ट २० तारिख अपरान्ह चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा चीन भ्रमणमा रहनुभएका फिजीका प्रधानमन्त्री सिटीभेनी राबुकासँग भेटघाट गर्नुभएको छ।
सो अवसरमा सी चिनफिङले फिजी सबैभन्दा पहिले चीनसँग दौत्य सम्बन्ध स्थापना भएको प्रशान्त महासागर टापु मुलुक रहेको बताउँदै आगामी वर्ष चीन र फिजीको दौत्य सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव रहेको स्मरण गराउनुभयो। चीनले दुई मुलुकको सम्बन्धमा महत्व दिएको, चीनले फिजीको आर्थिक तथा सामाजिक विकासका लागि मद्दत दिने आशा लिएको, फिजीसँग चीन र फिजीको भाग्य समुदायको सिर्जना गर्ने र दुई मुलुकका जनतालाई लाभ दिने कुरामा सी चिनफिङले जोड दिनुभयो।
राबुकाले युननान, फुचेन, चच्याङको भ्रमण गर्नुभएको अवस्था र अनुभवबमोजिम सी चिनफिङले गरिबी निवारण र गरिबी न्युनीकरण क्षेत्रमा चीनको अनुभवबारे जानकारी दिनुभयो। उहाँले १ अर्ब ४० करोड जनताले संयुक्त रुपमा साकार तुल्याएको चौतर्फी सम्पन्न समाज चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनताको नेतृत्व गरी हासिल गरेको ऐतिहासिक उपलब्धि रहेको भन्दै चीनले मानवको गरिबी न्युनीकरणका लागि दिएको ऐतिहासिक योगदान भनेर प्रशंसा गर्नुभयो।
राबुकाले फिजीले चीनसँग “बेल्ट एण्ड रोड” को साझा निर्माण गर्ने, एक चीनको नीति निरन्तर रुपमा पालना गर्ने कुरामा जोड दिनुभयो।