नेपाली

कुर्स्क आणविक पावर स्टेशन रहेको शहरमा ठूलो विस्फोटको आवाज

criPublished: 2024-08-18 16:22:49
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सीजीटीएनको रिपोर्टका अनुसार, स्थानीय समय अगष्ट १८ तारिख बिहान सबेरै १ बजेर ४० मिनेटजाँदा रूसको कुर्स्क आणविक पावर स्टेशनमा मिसाइल अलार्म बजेपछि सो कुर्चाटोभ शहरमा केही हल्का विस्फोटको आवाज सुनिएको छ। त्यसलगत्तै एक मिनेटपछि एक ठूलो विस्फोट सुनिएको छ।

रूसी रक्षा मन्त्रालयबाट सीएमजीले पाएको खबरका अनुसार, स्थानीय समय अगष्ट १७ तारिख रातीदेखि १८ तारिख बिहान सबेरैसम्म रुसी सेनाले कुर्स्क ओब्लास्टमा एउटा ड्रोन, बेल्गोरोड ओब्लास्टमा दुई ड्रोन र रोस्तोभ ओब्लास्टमा दुई ड्रोन खसालेको थियो।

कुर्चाटोभ आणविक वैज्ञानिक सहरको रूपमा चिनिन्छ भने रूसको कुर्स्क ओब्लास्टको सीमा शहर सुजाबाट करिब ९० किलोमिटर टाढा छ। १५ तारिख युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युक्रेनले उक्त शहरलाई कब्जा गरेको बताए। १७ तारिख रूसी राज्य परमाणु ऊर्जा निगमका महाप्रबन्धक लिखाचेभले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक ग्रोसीसँग टेलिफोन गरी आणविक उर्जा स्टेशन वरपरको अवस्थाबारे छलफल गरेका थिए र ग्रोसीलाई कुर्चाटोभ भ्रमण गर्न निम्तो दिएका थिए।

Share this story on

Messenger Pinterest LinkedIn